खुलामञ्चलाई खुल्लै रहन दिऊँ : पूर्वप्रधानमन्त्री भट्टराई

सेयर गर्नुहोस्

५ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एबम् नेपाल समाजबादीका अध्यक्ष डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताएका छन् । खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ । उनले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउनुपर्ने माग गरेका छन् । जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौं,’  उनले भनेका छन् ।
हिजोका आन्दोलनकारीहरू आज सत्तासिन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रका निम्ति शुभसंकेत नरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *