प्रधानमन्त्रिको आगमनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

सेयर गर्नुहोस्

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल आगमनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । दोहाबाट काठमाडौं आउँदै गरेका प्रधानमन्त्रीका लागि काठमाडौंस्थित विमानस्थलका उडान अवतरण आधा घन्टाका लागि रोकिएको हो । प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकाई स्वदेश फर्कदै छन् । कतार एयरवेजको जहाजबाट बिहान ९ बजे प्रधानमन्त्री काठमाडौं अवतरण गर्ने तालिका छ । दोहाबाट आएको हिमालय एयरलाइन्सको एचआइएम ५६४ जहाज होल्ड गराई कतारको जहाजलाइ अवतरण गराउन लागिएको छ । भीभीआईपी उडानका कारण अहिले अन्य जहाजको उडानरअवतरण रोकिएको विमानस्थल स्रोतले जनाएको छ । कार्यालयले “नोटाम” जारी गरी यसबारे जानकारी गराउने गर्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *