युगाण्डा भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

सेयर गर्नुहोस्

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । युगाण्डामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् । माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन् ।

उनी सवार विमान अवतरण गर्ने क्रममा करिब आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गराइएको थियो ।  भीभीआईपी उडानका कारण नोटाम जारी गरी अन्य जहाजको उडानरअवतरण रोकिएको जानकारी गराइएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *