माइतिघरबाट नेविसंघका कार्यकर्ता पक्राउ

सेयर गर्नुहोस्

७ माघ, काठमाडौं । माइतिघरको निषेशित क्षेत्रमा प्रदर्शन गर्न पुगेको नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता तथा कार्यकर्ता पक्राउन परेका छन् । निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले ’माइतीघरको निषेधाज्ञा खारेज गर’, ’अभिव्यक्ति स्वतन्त्रता कायम गर’ नारा लगाएका थिए । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार त्यहाँबाट १७ जनालाई नियन्त्रमा लिइएको छ । ’निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि नियन्त्रणमा लिएको हो । माइतीघरलाई काठमाडौं प्रशासनले मंसिरदेखि निषेधित क्षेत्र तोकेको हो। निषेधित क्षेत्र तोकेर जनताको अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्न खोजिएको भन्दै नागरिक समाजदेखि, सामाजिक अभियान्तालगायत राजनीतिक दलका भ्रातृ संगठनहरूले विरोध गर्दै आएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *