मन्त्री ज्वाला आज प्रदेशका मन्त्रि र कार्यलय प्रमुखहरुसंग बैठक बस्ने

सेयर गर्नुहोस्

७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले छिटोछरितो सेवा प्रवाहको विषयमा सात वटै प्रदेशका यातायात मन्त्री, सचिव र यातायात कार्यालयका प्रमुखहरुसँग छलफल गर्ने भएका छन् । आज दिउँसो एक बजे मन्त्रालयमा संयुक्त बैठक बोलाइएको छ । बैठकमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सम्पूर्ण प्रदेशका यातायात मन्त्री, सचिव तथा प्रदेशस्तरीय कार्यालय प्रमुखहरुलाई बोलाइएको छ । 

फर्जी लाइसेन्स वितरणका साथै यातायात सेवाको क्षेत्रमा रहेका अप्ठ्यारा र गुनासा समाधानको पहल गर्ने उद्देश्यले बैठक बोलाएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । प्रदेश सरकारमा अधिकार हस्तान्तरण भएको पाँच वर्षको अवधिमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको छानबिनबाट खुलेको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *