मोटरसाइकल दुर्घटनामा परी एमबीबीएस अध्यनरत दुई बिद्यार्थिको मृत्यु

सेयर गर्नुहोस्

७ पौष,जनकपुरधाम । पर्साको वीरगञ्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट तल झाडीमा खसेको देखिएको छ । मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *