संख्या नपुगेपछी राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित

सेयर गर्नुहोस्

७ माघ, काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक कोरम नपुगेर स्थगित गरिएको छ । आइतबार मध्याह्न सवा १२ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने गरी समितिको बैठक बोलाइएको थियो ।

तर, बैठक सञ्चालन गर्न आवश्यक गणपूरक संख्या नपुगेपछी बैठक स्थगित गरिएको हो । कम्तीमा १४ जना उपस्थित हुनुपर्नेमा १० सदस्य मात्र बैठकका निम्ति पुगेका थिए । अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने बैठकको कार्यसूची थियो । आजको स्थगित र यही माघ १४ गते बस्ने गरी अर्को बैठक बोलाइएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *