दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

सेयर गर्नुहोस्

८ माघ, बुटवल । रूपन्देहीमा दुई मोटरसाइकल दुर्घटना हँदा जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार-पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार बाक्लो हुस्सु लागेको मौसम र पुल निर्माणका लागि एकतर्फी बनाइएको सांघुरो सडकमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेका मोटरसाइकल जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए । घाइते भएका दुवैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको डीएसपी भट्टले बताए । यादव लु ५८ प २७२८ नम्बरको तथा गुप्ता युपी ५५ एएन १११२ नम्बरको मोटरसाइकलमा सवार थिए । दुवैको शब पोस्टमार्टमको लागि भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *