बागमती प्रदेशले एकै पटक माग्यो ११ सय कर्मचारी

सेयर गर्नुहोस्

८ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले एकै पटक ११ सय कर्मचारी मागेको छ । बागमती लोक सेवा आयोगले ११ सयभन्दा बढी कर्मचारी माग गर्दै सूचना जारी गरेको छ । लोक सेवा आयोगले सोमबार ९आज० सूचना जारी गर्दै १ हजार १ सय १३ जना कर्मचारी माग गरेको हो । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी १ हजार १ सय १३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगले जनाएको छ । यी पदमा इच्छुक र योग्य नागरिकले यही माघ २८ गतेसम्म दरखास्त बुझाउने सक्नेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *