आरोपीलाई पक्रन गएका प्रहररुमाथि चक्कु प्रहार

सेयर गर्नुहोस्

७ माघ, धनगढी । दार्चुलामा आरोपीलाई पक्रन गएका दुई जना प्रहरीमाथि चक्कु प्रहार भएको छ । श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् । जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।

उनीहरू दुवै सामुदायिक प्रहरी बाङ्गाबगरमा कार्यरत हुन् । उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन पुगेका बेला चक्कु प्रहार गरिएको हो । चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजी भइरहेको छ भने घाइते प्रहरीको दार्चुलामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *