बुटवलको मोटर पार्ट्सको गोदाममा आगलागी

सेयर गर्नुहोस्

८ माघ, बुटवल । बुटवलमा रहेको एक मोटर पार्ट्सको गोदाममा आगलागी भएको छ। बुटवल-९ कालिकास्थित भुमी सापकोटाले संचालन गरेको मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्टसको गोदाममा आगलागी भएको हो।  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सोमबार दिउँसो करिब साढे १२ बजेतिर मोटर पार्टसको गोदाममा आगलागी भएको जानकारी दिए। बाक्लो बस्ती र छेउछाउका घरहरुमा बैंकहरु समेत रहेको गोदाममा लागेको आगो डेढ घण्टा पछिमात्रै नियन्त्रणमा आएको हो।

आगो निभाउन नेपाल प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना, लुम्बिनी सांस्कृतिक र नवलपरासीको बर्दघाट नगरपालिकाका एकरएक र बुटवल उपमहानगरपालिकाका २ गरी ६ वटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ। गलागीबाट भएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *