दलका प्रमुख सचेतक तथा सचेकतसँग छलफल गर्दै सभामुख

सेयर गर्नुहोस्

९ माघ,काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक तथा सचेकतसँग छलफल गर्दैछन् । मंगलबार सिंहदरबार स्थित संसद् सचिवालयमा सभामुखले छलफलका लागि दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई बोलाएका हुन् । सभामुखले आसन्न संसद्को हिउँदे अधिवेशन लगायतका समसामयिक विषयमा छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा एमाले सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही लगायतका छलफलमा सहभागी हुन सभामुखको कार्यालयमा पुगेका छन् । यता नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भने जिल्लाका कार्यक्रममा व्यस्त भएकाले बैठकमा सहभागी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *