गुण्डा नाइके कुमार घैटेको समुह पुन सक्रिय : राजधानीमा वितण्डा मच्चाउँदै

सेयर गर्नुहोस्

९ पौष,काठमाडौं । कुनै समय कमार घैटेको समुहमा सक्रिय रहेका आफूलाई सानुभाई नाम बताउने युवराज गुरुङको समुह यतिबेला पुन सक्रिय भई वितण्डा मच्चाउन सुरु गरेका छन् । शनिबार राती छाया सेन्टरको प्लेब्वाई क्लबमा गुरुङको समुहले वितण्डा मच्चाएका हुन्।  गुण्डा गर्दी संलग्न रहेका युवराज गुरुङले आफ्नो समूह बनाइ राजधानीका रात्रिकालीन रेस्टुरेन्ट, क्लब, डान्स बारमा हप्ता असुली गरिरहँदा छाया सेन्टरमा रहेको सो क्लबमा उनले शनिबार बिहान वितण्डा मच्चाएका हुन्। 

उनी सहितको समूहले पार्किङ स्थलमा एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेको भिडियो यतिबेला प्रहरीले प्राप्त गरेको छ। प्रहरी इन्काउन्टरमा परेका कुमार घैटे समूहमा क्रियाशील रहेका गुरुङले यतिबेला राजधानीको ठमेलमा छुटै समूह बनाएर गुन्डा गर्दी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *