अर्थमन्त्रीको गुणासो : लक्ष्य अनुसार राजश्व उठाउन सकिएन

सेयर गर्नुहोस्

१२ माघ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लक्ष्य अनुसार राजश्व उठाउन नसकिएको बताएका छन् । उनले सरकारले चालू आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसक्दा सरकार दवावमा परेको समेत बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दवावमा रहेको बताएका छन् । राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको उनको भनाइ छ । मन्त्री महतले राजश्व संरचनामा परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए । आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको उनको भनाइ छ । 

विद्युतीय सवारीसाधनको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजश्व कम उठेको बताए । इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४र३५ अर्ब कम भन्सार राजश्व उठेको उनको दाबी छ । राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको भन्दै उनले राजश्व संरचनामा परिवर्तनका कारण लक्ष्यअनुसार उठ्न नसकेको बताएका हुन् । उनले भने, ‘अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबावमा छौँ । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन । त्यो नहुनुको कारण एउटा त राजश्व संरचनामा परिवर्तन आइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *