बागलुङको ईमेज सहकारीकी कोषाध्यक्ष सुनार ललितपुरबाट पक्राउ

सेयर गर्नुहोस्

१२ माघ,काठमाडौँ । बागलुङको ईमेज वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष २७ वर्षीया लक्ष्मी सेन सुनार ललितपुरबाट पक्राउ परेकी छिन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले निसीखोला गाउँपालिका-३ स्थायी घर रहेकी कोषाध्यक्ष सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो । सो सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपाली र कोषाध्यक्ष सुनारसमेत ८ जना फरार थिए । 

सीआइबीले कोषाध्यक्ष सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको सीआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । सो सहकारी हिनामिनामा सरिता तिमल्सेना (कँडेल) समेतले अध्यक्ष नेपालीसहित ८ जना विरुद्धको मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । मेयर नेपालीसहित सञ्चालक समितिका पदाधिकारीहरु बैशाखदेखि नै फरार छन् । सो सहकारीमा १ हजार ५ सय ५० भन्दा धेरै बचतकर्ताको १ अर्ब ६० करोड भन्दा धेरै रकम हिनामिना भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *