राजदरबार हत्याकाण्डबारे केपी ओलीलाई सबै कुरा जानकारी छ : माधव कुमार नेपाल

सेयर गर्नुहोस्

१८ माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धेरै जानकारी भएको भन्दै प्रधानमन्त्री पुसष्पकमल दाहाल प्रचण्डले जानकारी नै नभएको विषयमा बोल्नु राम्रो नभएको बताएका छन् । प्रचण्डले दरवार हत्याकाण्डबारे अभिव्यक्ति दिँदा आफूसँग सोधेको भए राम्रो हुने बताएका छन् ।

जनकपुरमा बिहीवार समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्नेकुरा प्रधानमन्त्रीले विचार नपुर्याई बोलेका बताए । अध्यक्ष नेपालले गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने बताए ।

उनले तत्कालीन हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसाद कोइरालाले समेत के गर्ने भनेर सोध्ने गरेको भन्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्नेकुरा गरेको भन्दै आपत्ति जनाए । उनले दरबार हत्याकाण्डबारे एमाले अध्यक्ष केपी ओलीलाई बढी जानकारी हुनसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *