मेयर बालेनलाई अमेरिका भ्रमणको निम्तो

सेयर गर्नुहोस्

१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीचको भेटमा मेयर बालेन साहलाई भ्रमणका लागी अमेरीका निमन्त्रण गरको छ । बालेनको कार्यालयमा भएको भेटमा उनले सूचना प्रविधिसम्बन्धी तालिममा अमेरिकासँग सहकार्यको प्रस्ताव गरे ।

‘आपसी कार्यक्रमका रुपमा हामीले आईटीको तालिम चलाउन सक्छौं । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरुले आय आर्जन गर्न पाउँछन्’ अमेरिकी राजदूतसँग बालेनले भने । युनेस्को रचनात्मक सहर सञ्जालअन्तर्गत चलचित्र विधामा जोडिएर काम गरिरहेको भन्दै बालनेले यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग कार्यक्रम तय गर्न सहजीकरण गरिदिन राजदूतलाई प्रस्ताव गरे । भेटमा राजदूत थम्प्सनले नेपालमा हुने सिर्जनात्मक कार्यक्रमहरुमा सहभागी हुन र यस्ता कार्यक्रममा अमेरिकाका तर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन आफूहरु सकारात्मक रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *