विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख चन्दले पदबाट दिए राजीनामा

सेयर गर्नुहोस्

२१ माघ, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन्। उनले डीआईजी चन्दले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। उनलाई गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो।

३० वर्षे सेवा अवधिअनुसार २०८१ चैतसम्म कार्यकाल रहे पनि उनले राजीनामा दिएका हुन्। केही दिनअघि विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। यद्यपि, उक्त घटनाका कारण आफूल राजीनामा नदिएको उनले दाबी गरे। विमानस्थलमा भिजिट भिसाको विषयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच अविश्वास बढिरहेका बेला डीआईजी चन्दको राजीनामा आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *