सांसदहरुलाई संसदको बैठकमा नियमित उपस्थित हुन ओलीको आग्रह

सेयर गर्नुहोस्

२० माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई संसदको बैठकमा नियमित उपस्थित हुन आग्रह गरेका छन् । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन दुई दिन बाँकी छँदा शनिबार नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता ओलीले बैठकमा नियमित उपस्थित हुन आग्रह गरेका हुन् ।

विगतमा संसद बैठकमा सांसदहरु अनुपस्थित भएको सुनिने गरेको उल्लेख गर्दै ओलीले संसदमा नियमित उपस्थित हुन आग्रह गरेका हुन् । एमाले सांसद ठाकुर गैरेका अनुसार अध्यक्ष ओलीले संसदलाई प्रभावकारी बनाउन र जनताको पक्षमा आफूलाई खरो उतार्न सांसदहरुलाई निर्देशन दिएका छन् । संसद बैठकमा भ्रष्टाचार र सुशासनको विषयमा दह्रो रुपमा प्रस्तुत हुने र सरकारको काम कारबाही मिहीन ढंगले हेरेर उठाउनुपर्ने पनि अध्यक्ष ओलीको भनाइ छ । संघीय संसदको हिउँदे अधिवेशन सोमबार नै सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *