बलात्कारको आरोपमा प्रहरीका पुर्वसई पक्राउ

सेयर गर्नुहोस्

२१ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक ९सई० बलात्कार आरोपमा पक्राउ परेका छन् । आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि पुर्बप्रहरी नायब निरीक्षक अनिरुद्र यादवलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए ।

‘डेरा गरी एउटै ठाउँमा बस्ने चिनजानको व्यक्ति भएकाले ढोका खोलेकोमा भित्र छिरेपछि उनी फर्किएर गएनन्’, पीडितले जाहेरीमा भनेकी छन्, ‘केही समयपछि उनले करकापमा मारेर तेरो आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर शरीरमा समाउन थालेका थिए । प्रतिवाद गर्न खोज्दा थप त्रासमा पारेर बल प्रयोग गरेर जबरजस्तीकरणी गरेको जाहेरीमा उल्लेख छ । त्यसको जानकारी परिवार वा अरु कसैलाई दिए मार्ने धम्की समेत दिएको उनले भनेकी छन्  ।

अर्को दिन बेलुकी पनि बन्दुकको गोली देखाएर पुनः जबर्जस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख गरेको प्रहरीले जानकारी दिएको छ । जाहेरीका आधारमा पक्राउ गरेर सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा भने पूर्व सई यादवले इन्कारी बयान दिएका छन् । उनले पीडितकी आमासँग आफू सम्बन्धमा रहेको बताउँदै पीडितलाई आफ्नो छोरी जस्तै मान्ने गरेको दाबी गरेका छन् । प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ । आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *