पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हन सक्छन्: अध्यक्ष ओली

सेयर गर्नुहोस्

२२ माघ, धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन् । उनले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला । आधार बनाउन खोजेको होला, त्यसको लागि कोसिस गरेको होला ।

उनले संघीयता पहिलो पटक आएकाले बलियो बनाउन मिहिनेत गर्नुपर्ने बताए । जनतालाई प्रदेश सरकार आवश्यक हुनुपर्ने जस्तो अनुभूति हुने गरी काम गर्नुपर्नेमा उनले जोड दिए । ‘अहिले जनता के भन्न थालेका छन्, प्रदेशका मन्त्रीले झण्डा हलाएर मात्र के हुन्छ रु काम त केही भएन । जनताले के ठानुन् भने संघीयता आवश्यक छ, प्रदेश आवश्यक छ, स्थानीय तह आवश्यक छ । उनीहरुले राम्रो काम गरेको छ,’ अध्यक्ष ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *