बीमा कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी

सेयर गर्नुहोस्

२४ माघ, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मागेको छ । यसका लागि लागि दर्खास्त आह्वान गरिएको छ । कम्पनीले योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र सिलबन्दी आवेदन दिन सूचनामा भनेको छ । दर्खास्त दिनका लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोतर वा सो सरहको उपाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष एवम् दुवै क्षेत्रमा भए मामा एक वर्षको अनुभवसहित कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने छ ।

यसका साथै चार्टर्ड एकाउन्टेन्सी वा सोही विषयहरूमा स्नातक उपहाधि हासिल गरी व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक–वित्तीय क्षेत्रमा भए १५ वर्ष तथा दुवै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभवन भएक हुनुपर्नेछ । दर्खास्त दिंदा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा पाँच हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजनाको चार प्रति खामबन्दी गरी कम्पनी सचिवसमक्ष पेश गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *