प्रधानमन्त्री दाहालले बुझाए राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन

सेयर गर्नुहोस्

२९ माघ, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललसमक्ष राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन बुझाएका छन् । प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायत संवेदनशील कार्यमा परिषद सधैं चनाखो रहनेमा आफू विश्वस्त रहेको बताए ।

नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषदले गरेका काम–कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । त्यस अवसरमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत परिषद सदस्यहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *