पार्टीको नाम केही होइन, काम गर्नु ठुलो कुरा हो : प्रधानमन्त्री प्रचण्ड

सेयर गर्नुहोस्

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी नामले मात्रै केही नहुने भन्दै केन्द्रीय समिति बैठकमा पार्टीको नाम परिवर्तनका लागि तयार हुन निर्देशन दिएका छन् । आइतबार सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकमा प्रचण्डले सम्बोधन गर्दै माओवादीको पहिचान नामले भन्दा पनि कामले गर्दा रहेको तर्क गरेका हुन् । ‘हाम्रो पहिचान बाँकी रहेको माओवादी नामले नै हो भनिन्छ, तर नाम होइन काम ठूलो हो’, प्रचण्डले बैठकमा भने, ‘नामले मात्र केही हुँदैन, काम अनुसार पार्टीको नाम चाहिन्छ । प्रचण्डले अब जातिय र क्षेत्रिय मोर्चालाई पूनर्जिवित गरी संगठित आन्दोलन गर्ने र पहिचानको मुद्दालाई सशक्त रुपमा उठाउने बताए ।

साथै, उनले माओवादीको पार्टी पंक्तिले थाहै नपाइकन वर्ग छाडेको स्वीकार गरेका छन् । ‘हामीले थाहा नै नपाइकन वर्ग छाडेको साँचो हो’, उनले भने । अबको अभियान आन्दोलनको रुपमा हुने भन्दै उनले तराई मधेस केन्द्रित र जागरण अभियान चलाउने बताए ।  उनले मधेस र सहरी क्षेत्रमा पार्टीले धेरै कमजोरी गरेको भन्दै यी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने बताए । उनले अब माओवादी समाजवादी दिशातर्फ केन्द्रित भएको भन्दै आठौँ महाधिवेशनको समाजवादी दिशा बमोजिम नै अहिले विधान बनाएको दावी समेत गरे । उनले फागुन पहिलो साता विधान महाधिवेशन सकिएपछि विशेष महाविधेशनको तयारीमा लाग्न समेत कार्यकर्तालई निर्देशन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *