कृषिमन्त्रीको राजीनामा माग्दै किसानले सडकमा पोखे दुध

सेयर गर्नुहोस्

६ फागुन, चितवन । चितवनका दूध किसानले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा माग गर्दै सकमा दूध पोखेका छन् । उनीहरुले कृषिमन्त्री भुषालले किसानको हितमा काम गर्न नसकेको भन्दै राजीनामा मागेका हुन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भरतपुरमा रहेको कार्यालयमा भेला भएका किसानहरू नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले समस्या समाधानमा कृषिमन्त्री उदासिन रहेको भन्दै राजीनामा मागे ।

दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाए । यसअघि उनीहरूले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल समाधान गर्न माग गरेका थिए । प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्र बुझाए लगत्तै भरतपुरको केन्द्रीय बसपार्क चोक पुगेका किसानहरूले केहीबेर चक्का जाम गरेका छन् । उनीहरुले ८० लिटर दूध सडकमा पोखका छन् । विभिन्न डेरी उद्योगहरूले दूध लगे वापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी नगरेको उनीहरुले बताए । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *