सांसदहरूले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउनु पर्छ : प्रेम सुवाल

सेयर गर्नुहोस्

६ फाल्गुन, काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् । सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरूलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् विरोधको सूचना प्रस्तुत गर्दै उनले अर्थमन्त्रीले आफ्नो पेवा जसरी बजेट खुरुखुरु आफैँले लेख्न नपाउने बताए । संसद् सदस्यको सुझावअनुसार बजेट बनाउनु मात्र प्रजातन्त्र भएकाले सोहीअनुसार बजेट सरकारले बनाउनुपर्ने सांसद सुवालको भनाई थियो । उनले विदेशी दलालसँग सुझाव लिएर बजेट बनाउने काम नगर्न पनि सरकारलाई सचेत गराए । सांसद सुवालले सरकारले बजेटमा राख्ने कुनै पनि शीर्षक सांसदको सुझावको आधारमा मात्रै हुनुपर्ने जिकिर पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *