कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा

सेयर गर्नुहोस्

७ फाल्गुन, काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताएका छन् । आज पार्टीद्वारा काठमाडौँमा आयोजित त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सवूको अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । देशमा वामपन्थी बिचारको वर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको बताए ।

थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे। अर्बौँ खर्च गरेर योजनाबद्ध रूपमा नेपाली धर्म संस्कृति नष्ट गरेको दाबी गर्दै थापाले विकृत मान्यता र दर्शन बोकेर देश विकास हुन नसक्ने बताए। देश वैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पूर्ण कार्यकाल काम गर्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *