सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्न र शंका गर्न थालेका छन् : प्रदीप पौड्यल

सेयर गर्नुहोस्

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन र सदाचारमा पार्टी नेतृत्वको प्रतिबद्धतामाथि जनताले प्रश्न र शंका गरेको बताएका छन् । पार्टीले महासमिति बैठकबाट लिनुपर्ने संकल्पका थप विषयहरु महासमिति बैठकका सदस्यबीच राखेका छन् । ‘वैचारिक रुपमा ठीक ठाउँमा भए पनि सांगठनिक, कार्यक्रमिक, व्यवहारिक र नैतिक रुपमा हामी पार्टीलाई सुधार होइन, पुनर्गठन नै गर्नुपर्ने ठाउँमा छौं,’ पौडेलको पूरक संकल्प प्रस्तावमा भनिएको छ ।

पोडैलले २८ बुँदे पूरक संकल्प राख्दै डिजिटल पार्टी’ बनाउनुपर्ने तर्क राखेका छन् । टिकट वितरणका लागि बनाइएका सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गनुपर्ने पौडेलको पूरक संकल्प प्रस्तावमा भनिएको छ । पार्टीका भ्रातृ संघसंस्थामा कसैलाई पनि मनोनित गर्नु स्वतः अवैध हुनेगरी विधान संशोधन गनुपर्ने प्रस्ताव पौडेलको छ । विज्ञहरूसमेत सम्मिलित गरी ६ महिनाभित्र देश विकासको पाँच, दस र पन्” वर्षे भिजन पेपर तयार गनुपर्ने पौडेलको संकल्प प्रस्तावमा भनिएको छ । आउँदो महाधिवेशन अगाडि नै विधान संशोधन गरेर सदस्यता एकै प्रकारको बनाउनुपर्ने पौडेलको राय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *