बारामा ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु

सेयर गर्नुहोस्

९ फागुन, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित आधाभार जंगल सडक खण्डमा बुधबार ट्रक र जीप एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सिमराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बाप्र ०१-०२६ च १३३४ नम्बरको जीप एकआपसमा ठोकिँदा एकजना भारतीय नागरिकसिहत २ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा नुवाकोटको बिदुर नगरपालिका-९ कोल्नीका ३० वर्षीय सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी मधुवनका २८ वर्षीय चन्दन चौहान छन् । एलएस न्यूरो अस्पताल बारामा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा भारतीय नागरिक बिहार मजफ्फरपुर परखना मोतिपुरका २२ वर्षीय राहुल चौधरी, बिहार महाराजगञ्ज गोरखपुरका १७ वर्षीय सुदीप चौहान, सोही ठाउँ बस्ने १९ वर्षीय रामलखन चौहान र ट्रक चालक बाराको परवानीपुर गाँउपालिका-४ चैनपुरका ३० वर्षीय रवि पटेल रहेका छन् । घाइते सबैको सोही अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *