आफ्नो परिवारको हत्यापछी आत्माहत्या

सेयर गर्नुहोस्

९ फागुन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी ८ नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भन्ने काजी विक पनि मृत भेटिएका छन् । घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । परिवारका सदस्यहरुको हत्यापछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *