अग्रज नेताहरू मिलेर सुशासन कायम गर्नुपर्छ : मन्त्री किराती

सेयर गर्नुहोस्

१२ फागुन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले अग्रज नेताहरू मिले मुलुकको गरिबी अन्त्य हुने बताएका छन् । काठमाडौंमा शनिबार आयोजित डा. पुरण राईका कृतिहरू विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरूले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।

‘अग्रज नेताहरू, तपाईहरूले मिलेरै राजा फालेको हो । निरंकुशताको अन्त्य गरेको हो । तपाईहरू मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस्,’ मन्त्री किराँतीले आग्रह गर्दै भने, ‘तपाईहरूलाई कति हामीले बोक्नुपर्ने हो, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं । मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न अग्रज नेताहरूलाई सक्दो साथ दिने प्रतिवद्धता उनको थियो । मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरू पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *