चितवनमा १४ वर्षीय छात्राले गरीन आत्महत्या

सेयर गर्नुहोस्

१२ फागुन, चितवन। चितवनमा १४ वर्षीय छात्राले आत्महत्या गरेकी छिन् । रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुल अध्ययनरत १४ वर्षीया छात्रा सालिन पोखरेलले आत्महत्या गरेकी हुन् । विद्यालयको छात्रावासमा बस्दै आएकी उनले छात्रावासमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टल कोठामा रहेको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको प्रहरी कार्यालयका डीएसपी एवं प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । रत्ननगर १५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *