बलात्कार आरोपमा ६३ वर्षीय बृद्ध पक्राउ

सेयर गर्नुहोस्

१२ फागुन, रोल्पा। रोल्पामा बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुनिलस्मृति गाउँपालिका १ का घोडागाउँ ६३ वर्षीय शेरे कामी रहेका छन्। उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय खुङ्ग्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *