इलाम र बझाङ उपनिर्वाचन बारे प्रतिनिधि सभामा आज निर्णय हुने

सेयर गर्नुहोस्

१३ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनबारे आज निर्णय गर्ने भएको छ । आगामी वैशाख तेस्रो साता निर्वाचन हुनेगरी निर्णय गर्न आयोगको पदाधिकारी बैठक बोलाएको छ । बैठकले वैशाख १४ गते पछाडि र २० गते अगाडिको मिति तोक्ने आयोगले जनाएको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएकाले सो पद रिक्त छ । यसैगरी बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएको थियो । आयोगले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचनको विषयमा सरकारसँग परामर्श गरिसकेको र सोहीअनुसार आजको बैठकबाट निर्णय गर्न लागिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *