सुदन किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको छ : रामहरी खतिवडा

सेयर गर्नुहोस्

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका कारण नेपाल वायु सेवा निगम झन् समस्यामा परेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले निगम आर्थिक रुपमा धरासायी भएका बेला पर्यटनमन्त्रीले जहाज किनेर झन् धरासायी बनाउन खोजेको आरोप लगाएका हुन् । अब नेपाल एयरलाइन्सलाई कहाँ पुर्‍याउने हो रु कुन अवस्थामा पुर्‍याउने हो रु यो बारेमा सोच्नुपर्ने बेला भइसकेको छ’, उनले भने । नेपाल वायु सेवा निगमले गठन गरेको समितिले नै अहिले जहाज किन्न नसक्ने भनेको भन्दै सांसद खतिवडाले भने, ‘थ्री हन्ड्रेड जी भन्ने प्लेन ल्याइँदैछ जुन अहिले उत्पादनमा छैन । त्यो ल्याएर झण्डै १८ करोड कमिसन खाने खेलमा लागेको सूचना प्राप्त भएका छन् ।’

नेपाल एयरलाइन्स अहिले ४८ अर्ब रुपैयाँ घाटामा रहेको र चार वर्षदेखि ब्याज पनि तिर्न नसकेको उनले बताए । निगमका चार वटा जहाजमध्ये दुई वटा न्यारोबडी र दुईवटा वाइडबडी अहिले घाटामा चलिरहेको भन्दै सांसद खतिवडाले आन्तरिक उडानका लागि ८ अर्ब रुपैयाँमा किनिएका ६ वटा चिनियाँ जहाज लिलाम गर्दा अहिले ३८ करोडमा पनि बिक्री हुन गाह्रो भएको स्मरण गराए ।

निगममा हाल १२ सय कर्मचारी स्थायी र आउट सोर्सिङ गरिएका झण्डै ८०० कर्मचारी रहेको उल्लेख गर्दै उनले भने, ‘वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्त गरेर राखिएको छ । जसलाई हाजिर गरेर हिँडेपछि पुग्ने गरी नियुक्तिको व्यवस्था गरिएको छ ।’

मन्त्री किराती भने लोकरिझ्याइँका काम गरेर आफूले असाध्यै सुधार गर्न लागेको भान पार्न खोजेको सांसद खतिवडाले आरोप लगाए । ‘मन्त्रीज्यू एउटा झाडु र क्यामेरा लिएर मन्त्रालय प्रवेश गरेर फोटो खिचेर बाहिर ल्याउने पद्धतिको विकास भएको छ । यसरी मुलुक कहाँ जाने हो रु’ सांसद खतिवडाले पर्यटनमन्त्री किरातीमाथि प्रश्न उठाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *