झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच भेटवार्ता

सेयर गर्नुहोस्

१५ फाल्गुन,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबिच भेटवार्ता भएको छ । राजदूत सोङ मंगलबार बिहान खनाल निवास डल्लु पुगेर शिष्टाचार भेटवार्ता गरेको उनको सचिवालयले जनाएको हो ।

भेटमा नेकपा एकीकृत समाजवादीका विदेश विभाग सचिव डा। शङ्कर खतिवडा पनि सहभागी भएका थिए । खनाल–राजदूतबिचको भेटमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *