भजन शिरोमणी भक्तराज आचार्यको अन्तिम श्रद्धाञ्जली

सेयर गर्नुहोस्

१५ फागुन, काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । वरिष्ठ फिल्म निर्देशक नीर शाह, अभिनेता हरिहर शर्मा, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालासहित संगीतकर्मी र सर्वसाधारणले आचार्यको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *