काठमाडौंमा आएर दुःख पाउनुको साटो जिल्ला प्रशासनमा जानु मिटरब्याज पीडितहरु सरकारको सुझाब

सेयर गर्नुहोस्

१५ फागुन, काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरुलाई काठमाडौंमा आएर दुःख पाउनुको साटो जिल्ला प्रशासनमा जान सुझाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले कानुन बनाउनुका साथै शक्तिशाली आयोग बनाएर मिटरब्याज समस्या सम्बोधन गने प्रयास गरेको बताए । 

यसले ठुलो समस्या समाधान भएको भन्दै उनले भनिन्, ‘पूर्ण रुपमा समाधान भइसक्यो भन्ने होइन । कतिपय कानुनी÷अदालती प्रक्रियामा अड्किएका छन् । कतिपय समाधान गर्न बाँकी पनि छन् । अहिले पनि सरकारले सम्वाद थालिसकेको र सीडीओ कार्यालयमा समिति बनाएर सम्बोधन गर्ने प्रयत्न भइरहेको भन्दै उनले भनिन्, ‘यहाँ आएर दुःख पाउनुभन्दा सम्वन्धित ठाउँमा जानुपर्छ । २३ दिन पैदल हिँडेर आएका मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *