२१ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सेयर गर्नुहोस्

१५ फागुन, सिरहा । २१ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई प्रहरीले पक्राउ गरेको छ । दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैचामा लगि जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यलाय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *