ड्युटि गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा गम्भीर घाइते

सेयर गर्नुहोस्

२० फाल्गुन, काठमाडौं । काठमाडौंको कोटेश्वरमा ड्युटि गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । बिहान कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको हो ।  गम्भीर घाइते भएका खत्रीको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *