टिपरको ठक्करबाट मोटरसाइकल सवार युवकको मृत्यु

सेयर गर्नुहोस्

काठमाडौँ — टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । टिपर र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २४०२ नम्बरको टिपर र हलेसीबाट दिक्तेल आउँदै गरेको स ९ प १२१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका २५ वर्षीय टंकल राईको मृत्यु भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका(१० अर्खौलेको कामीडाँडाामा आइतबार बिहान दश बजेतिर टिपर र मोटरसाइकल ठोक्किँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक उदयपुर कटारी नगरपालिका–३ का ४३ वर्षीय पदमकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *