मन्त्रीहरूको शपथ ग्रहणमा देउवा अनुपस्थित

सेयर गर्नुहोस्

२२ फल्गुन,काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरूको शपथ ग्रहणमा अनुपस्थित भएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणमा सभापति देउवा अनुपस्थित भएका हुन् ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवाले शपथ ग्रहणमा जानुपर्ने भएपनि उनी अनुपस्थित देखिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि देउवा रुष्ट छन् । सोमबार बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्यालले शीतल निवासमा शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *