कर्णाली प्रदेश कांग्रेसका तीनै जना मन्त्रीहरूले राजीनामा दिने

सेयर गर्नुहोस्

२२ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका तीनै जना मन्त्रीहरूले राजीनामा दिने भएका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिन लागेको हो । आज दिउँसो मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउने तयारी गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार विसीले जानकारी दिए । केन्द्रमा समीकरण बदलिएको छ । यस्तो अवस्थामा हामी सत्तामा बसिरहनुको औचित्य नै भएन नि, ‘ उनले भने, ‘हामी आज नै संयुक्त रुपमा मुख्यमन्त्रीज्यूलाई राजीनामा बुझाउँदै छौं । ८ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा कांग्रेसबाट तीन जना मन्त्री रहेका छन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *