मधेश प्रदेशको मुख्यमन्त्री पाए जनमत सरकारमा जाने

सेयर गर्नुहोस्

२३ फागुन, काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री पाए मात्र सरकारमा सामेल हुने निर्णय गरेको छ । केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले दुवैतिर सम्वाद गर्ने निर्णय गरेको हो । दुवैतिर सम्वाद गर्ने निर्णय गरेको जनमतले मधेश प्रदेशको नेतृत्वलाई बटमलाइन बनाएको छ ।

‘हाम्रो बटमलाइन मधेश प्रदेशको मुख्यमन्त्री हो, त्यसलाई आधार मानेर हामी छलफलमा छौं’, एक नेताले भने । मधेशमा अहिले जनता समाजवादी पार्टी ९जसपा० का नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । केही समय अगाडि जनमतले यो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नयाँ सत्ता समीकरणसँग जनमतले मधेशकै नेतृत्व दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *