विश्वासको मत लिने विषयमा प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेट

सेयर गर्नुहोस्

२८ फागुन, काठमाडौं । विश्वासको मत लिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो । सत्ता गठबन्धन, राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मतलगायत विषयमा छलफल भएको दुवै नेताका सचिवालयले जानकारी गराएका छन् ।

प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल उमेदवार छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उमेदवार छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *