लागु औषध हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा ललितपुरबाट एक जना पक्राउ

सेयर गर्नुहोस्

२८ फाल्गुन, ललितपुर । लागु औषध हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका(२४ धापाखेल बस्ने ३६ वर्षीय अनिल गिरी रहेका छन् । ललितपुर महानगरपालिका वडा नं १० सातदोबाटो एरियाको आसपासमा अवैध लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गिरीलाई पक्राउ गरेको हो ।

लागु औषध कारोबार गर्ने व्यक्तिको खोजी कार्य गर्दै जाँदा प्रारम्भिक अनुसन्धान पश्चात् लागु औषध खैरो हेरोइन जस्तो देखिने करिब ४० ग्राम साना-साना प्लास्टिकको ८ पोका पारी बिक्री वितरण गरी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । गिरीलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *