रामेछापमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सेयर गर्नुहोस्

२९ फागुन, रामेछाप । मन्थली नगरपालिका-१३ फुलासी घ्याङडाँडास्थित जङ्गलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका-११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *