देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर हामिले गठबन्धन बनाएको हौँ : अध्यक्ष ओली

सेयर गर्नुहोस्

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन नेकपा एमालेले बनाएको बताएका छन् । मंगलबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यो गठबन्धन चिनले नभई आफूहरुले बनाएको भन्दै जस पनि आफूलाई नै दिन आग्रह गरे । यो परिर्वनन हामीले गरेको–गराएको हो, कमसेकम यति जस त हामीलाई दिनुस्’ उनले भने, ‘कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदिएको रे ! चीन आयो रे ! चीन घुस्यो रे ! यस्तो खालको कुरा नगरे हुन्छ ।

उनले अगाडि भने, ‘यत्रो मिहिनत गरेर बनाइएको छ । यति त जस त दिनुस् । सरकारमा जाने हतारोले नभई देशको बर्बादी टुलुटुलु हरेर बस्न नसकेर गठबन्धन बनाएको उनको तर्क छ । नयाँ गठबन्धन बनेसँगै सरकारले आशा जगाएको उनको दाबी छ । सरकार परिर्वतन हुनेवित्तिकै मिटरब्याज पीडितहरुसँग चारबुँदे सहमति भएको भन्दै उनले भने, ‘सरकारले गाडीको बन्दोबस्त गरेर पठायो जस्तो लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *