काँग्रेसलाई ओलीको कटाक्ष : उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने ?

सेयर गर्नुहोस्

३० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन अनुरोध गरेका छन् । संसदमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने उनको भनाइ छ ।

उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे । ‘पोहोर पनि नेपाली कांग्रेस त्यतिबेला सरकारमा थिएन । भित्रभित्रै के थियो थाहा छैन’, उनले भने, ‘समर्थन गरेको थियो । अहिले पनि गर्दा हुन्छ । एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *