बर्षमा तिनपटक सम्म विश्वासको मत लिनु भनेकै राजनीतिक उथलपुथल हुनु हो : प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

३० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट तेस्रो पटक विश्वासको मत लिनु भनेकै राजनीतिक उथलपुथल भएको बताएका छन् । उनले आफूले प्रयोग गरेको शब्द उथलपुथल कसैप्रतिको व्यंग्य र इंगित गरिएको विषय नभएको दावी गरेका छन् । बुधबार संसद्को रोस्टिमबाट विश्वासको मत माग्दै उनले आफूले प्रयोग गरेको शब्दमा धेरै प्रश्न उठेको बताए । प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेवाज कसरी भएँ भनेर प्रश्न गरे । प्रचण्डले कुनै बेला संसदको रोस्ट्रममै उभिएर आफूलाई नेपालको राजनेता भनेर घोषणा गरेको पनि बताए ।

‘त्यही राजनेता आज संविधान, राजनीतिक मान्यताका आधरामा राष्ट्रको बृत हित, राजनीतिक मुद्दालाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेवाज कसरी भएँ रु’ उनले प्रश्न गरे । आफू कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको तर माओवादी केन्द्रको समर्थनमा कांग्रेसले दुई पटक सरकारको नेतृत्व गरेको पनि उनले स्मरण गराए । उनले १४ महिनामा तेस्रोपटक विश्वासको मत लिनु उथलपुथल नै भएको जिकिर गरे । पहिलो विश्वासको मत कुन सन्दर्भ र पृष्ठभूमिमा लिएको थियो, दोस्रोको पनि सन्दर्भ र पृष्ठभूमि थियो । तेस्रो नयाँ सन्दर्भमा विश्वासको मत लिनुपरेको छ । यो आफैँमा उथलपुथल हो । मैले मात्र गरेको हैन तपाईं हामी सबै यो प्रक्रियामा छौँ, उनले भने  प्रकृतिको नियम समाज र राजनीतिमा पनि लागु हुने बताए । बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै उनले त्यसपश्चात्को राजनीति निरन्तरतामा क्रमभंगता हुँदै विकास हुँदै आएको जिकिर गरे । गएको १४, १५ महिनाभित्र यहाँ भोगिएको छ त्यो उथलपुथल नै हो, उनले थपे, कसैप्रति इंगित र व्यंग्यको रूपमा हैन, मैले घटनाक्रम यसरी बुझिरहेको भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *